आलमविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक १८, सोमबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद मोहम्मद आफ्ताब आलमविरुद्ध सोमबार जिल्ला अदालत रौतहटमा मुद्दा दायर हुने भएको छ ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा आफ्ताब आलम, उनका भाइ महताबसहित मबिन आलम, शेख भदइ, शेख एराज, बद्री सहनीलगायत ११ जनाविरुद्ध सर्वस्वसहित जन्म कैदको माग गर्दै मुद्दा दायर गर्ने तयारी रहेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

बेलुका ४ बजेसम्ममा जिल्ला अदालतमा मुद्दा दायर गरिने जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले जानकारी दिए । सोमबार मुद्दा दायर भए मंगलबारदेखि आलमसँग अदालतमा बयान र थुनछेकको बहस सुरु हुनेछ । आलमलगायतले २०६४ सालमा रौतहटको राजपुरमा बम बनाउने क्रममा विष्फोट हुँदा घाइते भएकालाई जिउँदै इटाभट्टामा जलाएको आरोप लागेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस