महराविरुद्धको करणीसम्बन्धी कसुरमा आज पनि थुनछेक बहस हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक १८, सोमबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको करणीसम्बन्धी कसुरमा सोमबार पनि थुनछेक बहस हुँदैछ । काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश सुदर्शन पाण्डेको इजलासमा आइतबारदेखि सुरु भएको थुनछेक बहस नसकिएकाले सोमबार पनि निरन्तर हुने भएको हो ।

महराका तर्फबाट बहस गर्न ३२ जना अधिवक्ताले नाम लेखाएकाले सबैले बहश गरे सोमबार पनि बहश नसकिने सम्भावना छ । बहस सकिएपछि महरालाई पूर्पक्षका लागि थुनामा राख्ने वा कारागार पठाउने भन्नेबारे अदालतले फैसला गर्नेछ ।

जिल्ला सरकारी वकिलको कार्यालयले महरामाथि यौनजन्य हिंसाको अभियोग लगाउँदै गएको बिहीबार मुद्दा दर्ता गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस