कार्तिक १८, काठमाडौं । जिल्ला अदालत काठमाडौंले जबर्जस्ती करणी उद्योग अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ।
उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सोमबार सकिएसँगै यस्तो आदेश आएको हो।
सोमबार पूर्वसभामुख महराको पक्षबाट वरिष्ठ अधिवक्ताहरु रमण श्रेष्ठ, शेरबहादुर केसी, सबिता भण्डारी र कृष्ण सापकोटाले बहस गरेका थिए। यसअघि आइतबार महराकै पक्षमा अधिवक्ताहरु लव मैनाली र भोजराज आचार्यले समेत बहस गरेका थिए।