सात प्रदेशमा प्रमुखकाे नाम टुंगो लाग्याे (नामसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक १८, सोमबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखहरुको नाम टुंगो लगाएको छ ।

आइतबार सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेश प्रमुखको पदमुक्त गरेकि थिइन् । नेकपा सचिवालयले रिक्त रहेको प्रदेश प्रमुखको पदमा मनोनयन गर्न नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय गरेको पार्टीका महासचिव विष्णु पौडेलले बताए ।

पार्टीले अमिक शेरचन(चितवन), सोमनाथ अधिकारी प्यासी(कास्की), तिलक परियार(बाँके), धर्मनाथ यादव(सिरहा), गोविन्द कलोनी(डडेलधुरा), विष्णु प्रसाईँ(झापा) र शर्मिला त्रिपाठी(काठमाण्डाै) को नाम सिफारिस गरेको छ ।

कुन प्रदेशका लागि कसलाई पठाउने भन्ने बारेमा भने सरकारले निर्णय गरेर राष्ट्रपतिकाेमा सिफारिस गर्ने महासचिव पाैडेलले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस