कार्तिक १८, काठमाडौं । सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो ।
सात प्रदेशका प्रमुखको नाम:
प्रदेश १: सोमनाथ अधिकारी प्यासी
प्रदेश २: तिलक परियार
प्रदेश ३: बिष्णु प्रसाई
गण्डकी प्रदेश: अमिक शेरचन
प्रदेश ५: धर्मनाथ यादव
कर्णाली प्रदेश: गोविन्द कलौनी
प्रदेश ७: शर्मिला त्रिपाठी