उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ कार्तिक १८, सोमबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सुरक्षा परिषद् बैठकले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएको हो । परिषद्को यो निर्णयसँगै अब सुरक्षा परिषद्‌बाट स्वीकृत विषय मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि सेनाको नेतृत्वमा चुनावी सुरक्षा कार्ययोजना लागू गर्ने बाटो खुल्ने छ ।

नेपालको संविधान २०७२ अनुसार सुरक्षापरिषद‍्बाट निर्णय र मन्त्रिपरिषद्‌बाट स्वीकृत भई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले सेना परिचालन गर्न सक्ने व्यवस्था छ ।

यो निर्णयसँगै चुनावका लागि स्थानीय प्रशासन ऐन २०२८ अनुसार प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष नेतृत्व र नियन्त्रणमा रहने गरी सेना परिचालन हुने भएको छ ।

आयोगले निर्वाचनमा सेना र प्रमुख जिल्ला अधिकारीको भूमिका स्पष्ट हुने गरी निर्णय गर्न सरकारलाई निर्देशन दिएको थियो । आइतबार मात्रै निर्वाचन आयोगले उपनिर्वाचन सुरक्षा रणनीति अपुरो भन्दै संसोधनका लागि गृह मन्त्रालयमै फिर्ता पठाइदिएको थियो । त्यसको भोलिपल्टै सुरक्षा परिषद्ले सेना परिचालनका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस गरेको हो ।

३७ जिल्लामा प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य ३, स्थानीय तह प्रमुख ४, उपप्रमुख १ र वडाअध्यक्ष ४३ गरी ५३ पदका लागि मंसिर १४ गते निर्वाचन हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस