प्रचण्डले भने- ‘अब ढिलोचाँडो म प्रधानमन्त्री’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक २०, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कात्तिक २०, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ढिलोचाँडो आफू प्रधानमन्त्री बन्ने संकेत गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आलोपालो सरकारको नेतृत्व गर्ने लिखित सहमति भएको चर्चा भइरहेका बेला उनको यो अभिव्यक्ति आएको हो।

नेकपा बाँकेले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष दाहालले मंगलबार नेपालगञ्ज उद्योग वाणिज्य संघले पेस गरेको ७ बुँदे मागपत्र बुझ्दै भने, ‘यो मागपत्र म एक्लै पढ्दिन। प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्छु। ढिलोचाँडो म प्रधानमन्त्री भएलगत्तै यी सबै माग पूरा गर्छु।’

उनले आफू सरकारको नेतृत्वमा आएपछि सबैलाई पायक पर्ने स्थानमा प्रदेश ५ को राजधानी तोक्न पहल गर्ने बताए।

ताजा अपडेट

खोजी गर्नुहोस