‘हेलो सरकार’माथि प्रश्न उठ्न थालेपछि गुनासो व्यवस्थापन प्रणालीमा परिवर्तन गरिदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक २१, बिहिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक २१,काठमाडौँ । ‘हेलो सरकार’ ले गुनासो व्यवस्थापन प्रणालीमा परिवर्तन गर्ने भएको छ । हेलो सरकारमा आएका गुनासा सम्बोधन प्रणालीको प्रभावकारितामाथि प्रश्न उठ्न थालेपछि गुनासो परेको निकायबाटै सिधा सम्बोधन हुने पद्धतिको विकास गर्न थालिएको हो । हेलो सरकारले आफ्नो सञ्जाल स्थानीय तहसम्म विस्तार गरी प्रभावकारी बनाउन लागेको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको हेलो सरकार शाखाका प्रमुख शेखर पौडेलले संघ, प्रदेश र स्थानीय तहसम्म हेलो सरकारको सञ्जाल पुर्याउने गृहकार्य भइरहेको बताए ।

‘प्रदेशका केही कार्यालबाहेक हेलो सरकारको सञ्जाल विस्तार गरिसकिएको छ,’ उनले भने, ‘गुनासो सम्बोधनमा देखिएका लामो प्रक्रियालाई अन्त्य गरी छिटो, छरितो र सहज किसिमले गुनासो सम्बोद्धन गर्न यस्तो तयारी गरिएको हो ।’ जसका लागि सामाजिक सञ्जाल तथा टेलिफोनमार्फत परेका गुनासा संकलन गरी गुनासो परेका निकायलाई नै सिधा सम्बोधनका लागि पठाउनेछ ।

गुनासो सम्बोधन भएरनभएको सम्बन्धमा गुनासो सुन्ने अधिकारीमार्फत फलोअप गरी सम्बोधन भएपछि फछ्र्योट भएको रेकर्ड राखिने जनाइएको छ । विकसित प्रणाली कार्यान्वयनमा आइसकेको र बाँकी कार्यालयमा सञ्जाल विस्तारको काम भइरहेको हेलो सरकारले जनाएको छ ।

तर, विकसित प्रणाली कार्यान्वयनमा आए पनि पुरानै कार्यशैलीका कारण हेलो सरकारमाथिकोे विश्वसनीयता घट्दै गएको सर्वसाधारणको गुनासो छ । गुनासो सम्बोधनको प्रक्रियागत झन्झट र गुनासो सम्बोधन नै नहुने समस्याका कारण हेलो सरकारप्रतिको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको उनीहरू बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस