भारतीय अतिक्रमणको विरोधमा विद्यार्थी संगठन, अनेरास्ववियूले आज भारतीय दुतावास घेर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक २२, शुक्रबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

कार्तिक २२, काठमाडौं । सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्ववियूले शुक्रबार भारतीय दुताबास घेर्ने भएको छ ।

अनेरास्ववियूले शुक्रबार ११ बजेका लागि भारतीय दुताबास लैनचौर घेराउ गर्न लागेको नेता सुदेश पराजुलीले बताए ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समेटेपछि त्यसका विरुद्ध नेपालमा आन्दोलन चलिरहेको छ । नेपाल सरकारले पनि विज्ञप्ति प्रकाशित गर्दै भारतीय नक्सा अस्विकार्य भएको र कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग भएको स्पष्ट पारिसकेको छ ।

उता, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रबिश कुमारले पत्रकार सम्मेलन गरि कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो भएको दावी पुनः गरेका छन् । भारतले नेपालको भूभाग आफ्नो नक्सामा नसमेटेको दावी गरेको छ । सत्तारुढ विद्यार्थी संगठन अनेरास्ववियूले आफ्ना कार्यकतालाई दुताबास घेराउका लागि अनिवार्य उपस्थित हुन सर्कुलर समेत जारि गरेको छ ।

नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेपछि नेपालमा ‘गो ब्याक इण्डिया’ अभियान चलेको छ । देशैभर भारतीय विस्तारवादका विरुद्ध आन्दोलन चर्केको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस