कूटनीतिक रूपमै खोज्नुपर्छ कालापानी समस्याको समाधान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक २३, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कात्तिक २३, काठमाडौं । नेपाल–भारतबीच सीमा समस्या कायम छ । चीनसँग भने खासै सीमा विवाद छैन । नेपाल–भारतबीच एक हजार ८८० किलोमिटर र नेपाल–चीनबीच एक हजार ४१४ किलोमिटर सिमाना छ ।

समस्या सुल्झँदै जाँदा यी क्षेत्रमा सिमाना घटबढ भइरहेको नापी विभागले जनाएको छ । कालापानी, सुस्ता, टनकपुर, सन्दकपुर, पशुपतिनगर लगायतमा सीमा विवाद देखिन्छ । त्यति चर्चा नभएका सीमा विवाद दुई देशको टोलीले काम थालेपछि पत्ता लागेका छन् ।

सन् १९८० पछि सन् २००७ सम्म सीमा व्यवस्थापन प्राविधिक समितिले सक्रियतापूर्वक धेरै समस्या सुल्झाएको विभागका महानिर्देशक प्रकाश जोशी बताउँछन् ।

‘दुई देशको प्राविधिक समिति मिलेर त्यो बेलासम्म ९० प्रतिशतभन्दा बढी काम सकेका थियौँ”, उनले थपे, “तर कालापानी र सुस्ताको समस्या समाधान गर्न सकेनौँ ।’ याे खबर गाेरखापत्रमा छ । सन् २००७ मा प्रतिवेदन सरकारलाई बुझाएपछि सीमा व्यवस्थापनको कामलाई निरन्तरता दिन सन् २०१४ मा सीमा कार्यदल (बीडब्लूजी) गठन भयो । नक्साअनुसार सीमा व्यवस्थित गर्ने, सीमास्तम्भ मर्मतसम्भार गर्ने, नयाँ स्तम्भ निर्माण गर्ने, जीपीएस जडान गरेर निगरानी गर्ने जिम्मा त्यो कार्यदलमार्फत आफूहरूले पाएको जोशीले जानकारी दिए ।

सन् २०२२ सम्ममा सीमास्तम्भ निर्माण पूरा भएका ठाउँको नक्साङ्कन व्यवस्थित गरिसक्ने योजना छ । गएको भदौमा भारतमा सम्पन्न कार्यदलको बैठकमा सीमा समस्या समाधान गरी नक्सा व्यवस्थित गर्ने विषयमा दुई देश सहमत भएको उनले सुनाए ।

सुस्ता र कालापानीको समस्या समाधान गर्न परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई जिम्मा दिइएको छ । विभागका प्रमुख सर्वे अफिसर दयानन्द जोशीले नेपाल र भारतबीचको सीमा व्यवस्थापन गर्न सुरु भएको साल सन् २०१४ यता दुई हजार ३५ वटा नयाँ जङ्गे पिलर निर्माण भइसकेको जानकारी दिए । त्यस अवधिमा एक हजार ९८ वटा जङ्गे पिलर मर्मतसम्भार गरियो । उहाँका अनुसार गएको वर्ष मात्र एक हजार एक जङ्गे पिलर निर्माण भए भने २७१ जङ्गे पिलर मर्मतसम्भार भए ।

ताजा अपडेट

खोजी गर्नुहोस