गियर चेन्ज गर्दै प्रधानमन्त्री : सचिवालयका सबै पदाधिकारी हटाउने तयारी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक २३, शनिबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

कार्तिक २३,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका सम्पुर्ण सदस्यलाई पदमुक्त गर्ने तयारी गरेका छन । यद्यपी सचिवालयका सदस्यले स्वच्छिक रुपमा राजीनामा दिन लागिएको जिकिर गरेका छन । प्रधानमन्त्री ओलीले सचिवालयलाई थप प्रभावकारी बनाउन मात्रै नभई एक्सन उन्मुख बनाउने तयारी गरिएको बुझिएको छ ।

केही समय अघिदेखी प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुले स्वयम प्रधानमन्त्री ओलीलाई सही ब्रिफिङ नगरेको आरोप समेत रहेको छ । नेकपाका नेता तथा कार्यकर्तालाई समेत बालुवाटारमा सहज ईन्ट्री हुन नसकिरहेको गुनासो आईरहेकै बेला प्रधानमन्त्री ओलीले सचिवालय व्यवस्थापनमा मुख्य चासो देखाउनुलाई अर्थपुर्ण तरिकाले हेरिएको छ ।

प्रधानमन्त्री ओलीले सचिवालय मात्रै नभई मन्त्रीपरिषद् समेत हेरफेर गर्ने मनस्थिती बनाएको स्रोतले बताएको छ । नेकपाका एक नेताका अनुसार प्रधानमन्त्रीको पहुँचमा आफ्नै नेता तथा कार्यकर्ता समेत रहन नसकेको र कतिपय अवस्थामा त फोन समेत नउठाउने गुनासो पछिल्लो समय बढिरहेको थियो । माधव नेपाल र प्रचण्ड समुहको असन्तुष्टिसंगै पछिल्लो समय ओली समुहकै नेता कार्यकर्ता सचिवालयसंग असन्तुष्ट रहेको स्रोतले बतायो ।

प्रधानमन्त्रीको मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबैलाई प्रधानमन्त्रीले हटाउने अन्तिम तयारी गरेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस