सीमा समस्याकाे विषयमा छलफल गर्न प्रधानमन्त्रीकाे आह्वानमा सर्वपक्षीय बैठक जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक २३, शनिबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

कार्तिक २३, काठमाडौं । प्रधानमन्त्रीकाे आह्वानमा अहिले सर्वपक्षीय बैठक चलिरहेकाे छ ।

नेपाल र भारतको बीचमा रहेको सीमा समस्या लगायतका विषयमा छलफल गर्न बाेलाइएकाे बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, सीमाविद्, परराष्ट्रविद् तथा विभिन्न राजनीतिक दलका नेताहरु सहभागी छन् ।

नापी विभागले प्रस्तुत गर्ने नक्सा तथा अरु तथ्य प्रमाणका आधारमा छलफल गर्ने र सुझाव सहितको निष्कर्षका आधारमा भारतसँग कुरा गर्ने योजनामा प्रधानमन्त्री रहेको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले सीमा समस्या समाधानका लागि भारतसँग कूटनीतिक तरिकाले नै वार्ता गरी समस्या समाधान गर्न सबैसँग छलफल सुरु गरेका हुन् ।

सरकारले कालापानी नेपालको भूभाग भएको भन्दै भारत सरकारले प्रकाशित गरेको नक्सा अस्वीकार्य भएको र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने प्रष्ट पारिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस