पूर्वअर्थमन्त्री ज्योतिलाई अनुसन्धानका लागि अदालतल पाँच दिन म्याद थप्याे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक २४, आईतबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कार्तिक २४, काठमाडौं । लेनदेनको विषयमा प्रहरीले पक्राउ गरेका व्यवसायी तथा पूर्वअर्थमन्त्री रुप ज्योतिलाई जिल्ला अदालतल काठमाडौँले अनुसन्धानका लागि पाँच दिन म्याद थपेको छ।

सिंगापुरबाट सिल्क एयरबाट काठमाडौँ आउँदै गर्दा बिहीबार त्रिभुवन विमानस्थलबाट ज्योतिलाई पक्राउ गरिएको थियो।

काठमाडौँ जिल्ला अदालतमा म्याद थप्ने क्रममा व्यवसायी रुपज्योतिले लेनदेनको मुद्दामा आफू र आफ्नो सिंगो परिवारलाई नै बदनाम गर्न खोजिएको बताए।

अपार्टमेन्टसम्बन्धी एउटा लेनदेनको मुद्दामा रुपज्योति र उनकी छोरी सुरुचिलाई बिहीबार पक्राउ गरेको थियो।

विपश्यना आचार्य समेत रहेका रुपज्योतिले बिहीबार पक्राउ पर्नेबित्तिकै अस्पतालमा बस्न दिइएको सुझाव अस्वीकार गर्दै भनेका थिए, ‘म विपश्यनाको साधक हुँ। मैले झुटो बोल्न मिल्दैन, मलाई केही भएकै छैन, किन अस्पताल बस्ने?’

ताजा अपडेट

खोजी गर्नुहोस