ठमेलमा गो ब्याक चाइनाको नारा किन लाग्यो ? किन जल्यो सि जिनफिङको पुत्ला ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ कार्तिक २९, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक २९ ,काठमाडौँ । केहीदिन यता नेपालमा मुखय छिमेकी देश चीन र भारत विरूद्ध प्रर्दशन भईरहेको छ । दुवै देशले नेपालको सिमा मिचेको भन्दै प्रर्दशन भइरहेका छन् । भारतले गत साता नेपालको लिम्पियाधुरा देखि कालापानीसम्मको भुभाग समेटेर नयाँ नक्सा जारी गरेपछि विरोध सुरु भएको हो । सँगै चीनले समेत उत्तरका विभिन्न स्थानमा सिमा मिचेको तथ्याङक बाहिर आईरहेको छ ।

यही अवस्थामा बुधबार राजधानीको ठमेलमा चीन विरूद्ध विशाल प्रर्दशन भएको थियो । चीनले नेपालमा उत्तरी जिल्लामा चीनले नेपाली भूमि हडपेर गरेको अतिक्रमण गरेको भन्दै विरुद्ध प्रदर्शन गरेका छन् । फ्रिडम पिपुल सोसाइटी समूहले चीन विरुद्ध ठमेलमा हजारौं मान्छे उतारेको हो । ‘गो ब्याक चाइना’ नारा सहितका प्ले कार्ड समेत प्रर्दशन गरिएको छ ।

चिनियाँले वेश्यावृत्ती बढाए

यस्तै चिनियाँ राष्ट्रपति सि जिङ पिङको पुत्ला समेत दहन गरिएको छ । केही दिन अघि सर्लाहीमा समेत सि जिङ पिङको पुत्ला जलाइएको थियो ।चिनियाँले वेश्यावृत्ती बढाएको, नेपाली युवतीलाई वेश्यावृत्तीमा लगाएको, ठमेलका घरबेटीलाई ठगेको भन्दै प्रर्दशन गरिएको हो । ठमेलमा घरबेटीलाई धेरै भाडा दिन्छु भनेर सहमति गर्ने र सम्झौता पत्रमा भने भाडा थोरै उल्लेख गर्ने गरेको आरोप ठमेलवासीको छ ।

यस्तै नेपालमा अपारधिक तथा गैरकानुनी कारोबार चिनियाँले गर्ने गरेका छन् । नेपालका ऐतिहाँसिक वस्तु (मूर्ती, पस्मिना, रुद्राक्ष) लगायत नक्कली बनाएर नेपाली व्यवसायीहरुलाई नै झुक्काउने गरेका छन् । यस्तै नेपालका बैंकहरुबाट ऋण लिने र नतिर्ने गरेको तथ्य समेत खुलिरहेका छन् । केही समय अघि बैंक एटिएम लुट्ने चनियाँ नागरिक पक्राउ समेत परेका थिए ।

चीन विरुद्ध ठमेलमा मात्रै होइन्, आइतबार र सोमबार गरी सर्लाही, राजविराज, कपिलवस्तु र बर्दियामा चिनियाँ राष्ट्रपति सी चिनपिङको पुत्ला जलाइएको थियो । चीनको हेपाहा प्रवृत्ति पछिल्लो समय बढेको भन्दै तिव्र विरोध भइरहेको छ । सामाजिक सञ्जाल इन्स्टाग्राम, ट्विटर र फेसबुकमा ‘गो ब्याक चाइना’ भन्ने ह्यासट्यागको नारा समेत गुञ्जिँदै गएको छ ।

केही दिन अघि राजनीतिक विश्लेषक सुरेन्द्र केसीले चीन र भारत दुबै नेपाली जग्गा अतिक्रमणका घटनाहरूका लागि नेपाल सरकारलाई जिम्मेवार ठहराएका छन् । पूर्व कूटनीतिज्ञ दूर्गा भट्टराईले केसीको लेख ट्विटरमा ‘ब्याक अफ चाइना’ ह्यासट्यागको नारा ट्विट गरेका छन् । यो केवल एक उदाहरण हो ।

उत्तरी छिमेकी चीनले नेपाली भूमि जग्गा कब्जा गरेको आलोचना गरेकोमा नेपालीहरू विभाजित भएका छन् । अरु धेरै सोसल मिडिया प्रयोगकर्ताले संखुवासभा, रसुवा, सिन्धुपाल्चोक, हुम्ला लगायतका ४ जिल्लाहरूमा ३६ हेक्टर नेपाली जग्गा अतिक्रमण गरेकोमा चीनको चर्को आलोचना गरेका छन् । अधिकांश जिल्लामा नेपाली जनता ‘गो ब्याक चाइना’ लेखेको प्लेकार्ड समेत बोकेर चीनको विरोध गरिरहेका छन् ।

चीनले सिमा मिच्दा कम्युनिष्ट सरकार मौन

भारतले सिमा मिचेको विषयमा नेपालले कुटनीतिक पहल गर्ने भएको छ । तर, केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले चीनको हेपाह प्रवृत्तिका विषयमा भने आँखा चिम्लिएको छ । जसको विरोध भइरहेको छ । चीनसँग परराष्ट्र सचिव स्तरमा छलफल गर्ने भनिएपनि चीनको विषयमा भने कम्युनिष्ट सरकारले अहिलेसम्म मुख खोलेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस