मंसिर ५,काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वउपप्रधानमन्त्री बामदेब गौतमले अबको मन्त्री मण्डल पविर्तनको हुँदा पहिलो नंम्बरमा मन्त्री बन्नेमा युवा नेता महेश बस्नेत भएको उद्घोष गरे ।
मंसिर १४ गते हुन गइरहेको भक्तपुर क्षेत्र नं. १ (क)को चुनावी प्रचार प्रसार कार्यक्रममा बोल्दै नेता गौतमले उक्त कुराको दावी गरेका हुन । उनले प्रधानमन्त्री केपी ओलीसँग समेत उक्त विषयमा छलफल भइसकेकाले आगामी समयमा हुने मन्त्री मण्डलमा सांसद बस्नेत मन्त्री हुनेमा सवैलाई ढुक्क हुन आग्रह गरेका हुन् ।
नेकपा कुनै राजनीतिक दल मात्र नभई विकासको पर्यायवाची भएको उल्लेख गर्दै उनले भने, ‘नेकपाको अर्को नाम विकास हो, सूर्य उदाउने मात्र हैन, सधैंभरी सूर्य उदाउँछ ।’
भक्तपुर मुलुकको पर्यटनको क्षेत्रको रुपमा रहेको उल्लेख गर्दै उनले जनताको विकास प्रतिको चाहना पुरा गर्न जस्तोसुकै चुनौती भोग्न तयार रहेको नेकपा तयार रहेको समेत उद्घोष गरे ।
संसारभरका पर्यटक आएर बस्न गरीको विकास गर्नुपर्नेमा जोड दिँदै नेता गौतमले भक्तपुर संसारको सर्वश्रेष्ठ ठाउँको रुपमा परिचित गराउन सरकार तयार रहेको समेत स्पष्ट पारे ।
विकासको लागि बजेटको अपुग कहिले पनि नहुने उल्लेख गर्दै नेता गौतमले भक्तपुर क्षेत्र नं. १ (क)का नेकपाको उम्मेदवार डिपी ढकालले बनाएको जस्तोसुकै योजना पारित हुनेमा सवै भक्तपुरवासी आम नागरिकलाई ढुक्क हुन आग्रह गर्दै उपनिर्वाचनमा देशैभर नेकपा विजयउन्मुख रहेको समेत जानकारी गराए ।
कार्यक्रममा नेकपा भक्तपुरका इन्चार्ज दिलिप प्रजापति, सहइन्चार्ज सोम मिश्र, जिल्ला अध्यक्ष बचन देउजालगायले सांसद बस्नेतको नाम छनौट भई अन्तिम अवस्थामा हट्नु देशको विकास र समृद्धि तथा नेकपाको लागि ठूलो घाटा भएको उल्लेख गरे ।