मंसिर ५,काठमाडौँ । श्रममन्त्रीको रुपमा मन्त्री गोकर्ण विष्ट सिंहदरबारबाट बाहिरिँदै गर्दै फरक दृष्य देखन्थ्यो। उनि सिंहदरबारबाट बाहिरिदै गर्दा निवर्तमान भईसकेका थिए । श्रम तथा रोजगार मन्त्रीबाट बाहिरिएपछि बिहिबार अन्तिम दिन मन्त्रालय पुगेका उनी रित्तै लुखुर–लुखुर हिँड्दै सिंहदरबार बाट निस्किए । सिंहदरबारको दक्षिण ढोकाबाट बाहिरिएपछि उनले ट्याक्सी रोके र चढे। त्यसपछि लागे आफ्नै घर।
‘म मन्त्री रहिन। मन्त्रालयको गाडी चढ्ने कुरा भएन,’ ट्याक्सीमा बाहिरिँदै गरेका उनले मोबाइलबाटै भने, ‘त्यसैले ट्याक्सी चढेको हुँ।’ वैदेशिक रोजगारमा सुधारका लागि पहल गरेवापत अरु मन्त्रीभन्दा उनको कामको तारिफ हुने गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीहरुको मूल्याङ्कनमा पनि अब्बल नै रहेका थिए उनी। अब्बल मात्रै होईन झण्डै प्रधानमन्त्रीको क्याविनेट हिरोको रुपमा उनि थिए । तर, शक्तिशाली रहेका वैदेशिक रोजगार व्यवसायीहरुको शक्तिका सामु प्रधानमन्त्री ओली निरीह रहेको आभाष आम नागरिकले गरेका छन । जसले राम्रो काम गर्दा गर्दै पनि विष्टलाई मन्त्री पदबाट बाहिर ल्यायो।
आम नागरिकको आशाको केन्द्रका रुपमा रहेका विष्टले यसअघि ऊर्जा मन्त्री हुँदा विद्युत चोरी रोक्ने अभियानमा जुटेर जनमत बलियो बनाएका थिए । आर्थिक लेनदेन धेरै चल्ने मन्त्रालयको जिम्मेवारी सम्हालेका विष्ट उनको कार्यकाल भरी विवादमा रहेनन्। त्यसैले उनी हट्दा उनको अनुहारमा कुनै फिक्कापन थिएन।