प्रधानमन्त्रीमाथीको आरोप देउवाको मानसिक विचलन : सांसद महेश बस्नेत

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ मंसिर ९, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर ९,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लगाएको आरोप राजनीतिक तथा मानसिक विचलनको उदाहरण भएको बताएका छन।

कांग्रेसका नेताहरुमा पहिले देखि नै विचलन देखिएको र अ‌ाजकाल त्यस्तो विचलन झन्झन् बढ्दै गएको उल्लेख गर्दै देउवाको अभिव्यक्तिले अलि अलि भएको जनमत पनि गुम्ने खतरा देखिएको उल्लेख गरे । उनले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको आरोप कांग्रेसको राजनीतिक तथा मानसिक विचलनको गम्भीर उदाहरण हो । शेरबहादुर देउवाजीको अभिव्यक्ति राजनीतिक विचलनको संकेत हो । कांग्रेससँग अलिअलि जनमत थियो । अब त्यो जनमत पनि गुम्ने देखियो ।’

सरकारविरुद्ध अभियान चलाएर जनमत लिने कांग्रेसको रणनीति फेल भएको बताउँदै उनले भने, ‘अहिले कांग्रेसको जनमत गुमेको छ । उपनिर्वाचनमा सरकार विरुद्ध अभियान चलाउने अपेक्षा पूरा भएन । त्यसपछि कांग्रेसका नेताहरुमा एकखालको विचलन आयो । त्यस्तो विचलनले आफ्नो दायित्व, मर्यादा र हैसियत सबै बिर्सिएर अराजनीतिक ढंगले प्रस्तुत हुने बनाउँछ । सभापति देउवाको अभिव्यक्ति त्यसैको परिणाम हो ।’

देउवाले पोखराका जनतालाई प्रभावित पार्ने हिसाबले आत्तिएर र आक्रोशमा आएर प्रधानमन्त्री ओलीलाई आरोप लगाएको बताउँदै उनले भने, ‘कांग्रेसको बानी नै हो औपचारिक ठाउँमा एउटा कुरा गर्ने जनतासँग अर्को कुरा गर्ने । नक्कली राष्ट्रवादका कुरा गर्ने ।’

कांग्रेसले सैदान्तिक आधार, राजनीतिक मूल्य-मान्यता बिर्सिएको बषौँ भइसकेको उल्लेख गर्दै उनले भने, ‘अहिले पनि जता जस्तो परिस्थिति देख्यो उस्तै बोल्ने, उस्तै गर्ने बानी छ कांग्रेसको । सिद्धान्त, विचार र मूल्य मान्यतामा उभिएर कांग्रेस बोल्दैन । यो राजनीतिक विचलनको संकेत हो ।’

विगतमा आफूले गरेका सन्धि, सम्झौता र भूमिकामाथि उठेका अनेकौं प्रश्नहरुको जवाफ दिन नसकेपछि देउवाले उक्त अभिव्यक्ति दिएर आफु माथि खनिने प्रश्नलाई टार्ने प्रयास गरेको बताउँदै उनले देउवाको अभिव्यक्ति अत्यन्तै अ‌ापत्तिजनक भएको टिप्पणी गरे ।

उनले भने, ‘नेपालको राजनीतिमा विधी, प्रणाली र कानुन बलियो भएको भए देउवालाई कारबाही हुन सक्थ्यो । कानुनी कारवाही हुनुपर्ने खालको अभिव्यक्ति देउवाले दिनुभएको छ । जनताको बीचमा कांग्रेस नांगिएको छ । जनमत गुमाएको छ । जनताले चुनावमा कांग्रेसलाई कारवाही गरेकै हुन् । अब पनि कारवाही गर्छन् । राजनीतिमा जनताले गर्ने भन्दा ठूलो कारवाही केही हुँदैन ।’

ताजा अपडेट

खोजी गर्नुहोस