अन्तत : समाजवादी पार्टीले सरकार छाड्यो, उपेन्द्र यादवले राजीनामा बुझाए

Post Thumbnail

पौष ८, काठमाण्डौँ । समाजवादी पार्टीले सरकार छाडेको छ । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्षसमेत रहेका यादवले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्रमा संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुईबुँदे सहमतिबाट पछि हटेको उल्लेख गरेका छन् । पत्रमा भनिएको छ, ‘सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरी उपप्रधानमन्त्री एवं कानूनमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’

त्यसको भोलिपल्ट उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राइले पदबाट राजीनामा दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस