पौष १४, काठमाण्डौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन् । सिंहदरबारमा भएको सन २०१८/०१९ को वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले सो कुरा उल्लेख गरेका हुन् । उनले एमसीसीको विषयमा सरकार स्पस्ट भएकोले संसदबाट पास हुने समेत बताएका छन् ।
परराष्ट्रमन्त्री ज्ञवालीले पार्टीको स्थायी कमिटीको बैठकमा कुराहरु आएको भएपनि पार्टीको निर्णय एमसीसीको पक्षमा रहेको बताए । उनले एमसीसी इण्डो प्यासिफिक रणनीति अन्तर्गत नरहेको संकेत गर्दै सन २०१७ को सेप्टेम्बरमा भएको सम्झौता अनुसार नै कार्यक्रमलाई अगाडि बढाइने बताए ।