प्रदेश-३ को नाम बागमति र स्थायी राजधानी हेटौंडा नै बनाउने सहमति !

Post Thumbnail

पौष २३, काठमाण्डौँ । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती नै राख्न सत्तारुढ दल नेकपाले फेरी निर्देशन दिएको छ । निर्देशनप्रति असन्तुष्टि जनाएका नेताहरुलाई नेकपाको शीर्ष नेतृत्वले निर्णय परिवर्तन नहुने भन्दै पार्टी निर्देशनको पालना गर्न पुनः सचेत गराएको हो ।

मंगलबार बालुवाटार पुगेका प्रदेश ३ का नेताहरु आफ्नो नेतृत्व पूर्ववत निर्णयबाट पछि नहट्ने निर्णय देखि हेटौंडा नै राजधानी राख्न सहमत भएर फर्केका छन् । आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै सचिवालयले यसअघि दिएको निर्देशन नमान्ने बताएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस