पौष २४, काठमाण्डौँ । प्रदेश नम्बर ३ को नाम र राजधानीका लागि नेकपा सचिवालयले निर्देशन दिए अनुसार प्रदेश सांसदहरुलाई ह्वीप लाग्ने भएको छ । प्रदेश सरकारले यही हप्ता प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव संसदमा लैजाने तयारी समेत गरेको छ ।
गत पुस १३ गते बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको थियो । प्रदेश ३ को संसद १ सय १० सदस्यीय रहेको छ। जसमध्ये ८० जना नेकपाका सांसद छन्। २ तिहाई पुग्न ७४ जना सांसद चाहिन्छ।