नेकपा प्रदेश ३ संसदीय दलको बैठक स्थगित, राजधानीबारे धारणा राख्‍नेक्रम जारी

Post Thumbnail

पौष २४, मकवानपुर । नेकपा संसदीय दलको बैठक फेरि स्थगित भएको छ । प्रदेश नम्बर घ का मुख्यमन्त्री डोरमणि पौडेलको सरकारी निवास हेटौँडामा भएको बैठक शुक्रबार ११ बजेसम्मलाई स्थगित भएको मुख्य सचेतक रामेश्वर फुँयालले बताए । बैठकमा नेकपा सचिवालयको निर्णयलाई कार्यान्वयनबारे छलफल भए तापनि ठोस निर्णय अझै लिन सकेको छैन । केही सांसदले धारणा राख्ने र शीर्ष नेतृत्वले केन्द्रीय निर्णय कार्यान्वयनका लागि निर्देशन दिने तयारी भइरहे तापनि राजधानीको विषयमा असन्तुष्ट पक्षलाई फेरि आफ्नो कुरा राख्न दिने गरी शुक्रबारसम्मलाई बैठक स्थगित भएको हो ।

यद्यपि, प्रमुख सचेतक फुँयालले संसदीय दल मात्र नभई अन्य दलहरूमा समेत छलफल गरेर नाम र राजाधानीको विषय सर्वसम्मत ढंगले टुङ्ग्याउने प्रयास भइरहेको दाबी गरेका छन्। आज पनि संसदमा राजधानीबारे बहस प्रदेश ३ को राजधानीबारे आज पनि सांसदले धारणा राख्‍ने भएका छन् । बुधबार बोल्न बाँकी सांसदले बिहीबार राजधानीको बारेमा आफ्नो धारणा राख्ने भएका हुन् । बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकमा सांसदले राजधानी अध्ययन विशेष समितिले तयार पारेको प्रतिवेदन र प्रतिवेदनमा राजधानीका लागि तोकिएका काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरबारे आफ्नो धारणा राख्ने छन् । यसअघि बुधबार बोल्ने २१ सांसदले काभ्रे, मकवानपुर, नुवाकोट र भक्तपुरबारे धारणा राखेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस