पौष २५, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभाका सदस्यमा डा युवराज खतिवडालाई उमेदवार नबनाएपछि अर्थमन्त्रीमा उनको निरन्तरता कायमै रहने भएको छ । खासगरि मन्त्री खतिवडाको पद खस्कदै छ भन्ने हल्लाले सेयर बजारमा उच्च बृद्वि समेत भएको छ । तर राष्ट्रिय सभा सद्श्यमा खतिवडा पुनः नियुक्त हुने सम्भावना कायमै छ । सद्श्य नरहेपनि आगमी २० भदौ सम्म उनी नै मन्त्री रहने देखिन्छ ।
खतिवडा राष्टपतिबाट मनोनित भएर राष्ट्रिय सभा सद्स्य बनेका हुन् । राष्ट्रपतिबाट मनोनित तीनजनामध्ये खतिवडाको कार्यकाल फाल्गुमा सकिदै छ । खतिवडालाई पुनः निरन्तरता दिने सम्बन्धमा अधिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओलीले आफ्नो धारणा राखिसकेपछि अर्थमन्त्रीमा खतिवडाले नै निरन्तरता पाउने बल पुगेको हो ।
समाचार स्रोतले बताए अनुसार ओलीले खतिवडालाई आगामी बर्षको बजेट निमार्णको तयारीमा जुट्न समेत निर्देशन दिईसकेका छन् । उनको निर्देशन बमोजिम खतिवडा बजेट निमार्णको गृहकार्यमा जुटेको समेत स्रोतकोे दाबी छ । विर्मर्श साप्ताहिकबाट