दुई वर्षभित्र सबैलाई विद्युत् : मन्त्री वर्षमान पुन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन ७, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फाल्गुण ७, काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुई वर्षभित्र सबै नागरिकको पहुँचमा विद्युत् सेवा पुग्ने बताएका छन् । प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तरमा मन्त्री पुनले केन्द्रीय प्रसारण लाइन नपुगेको क्षेत्रमा पनि सोलार मिनी ग्रिडबाट विद्युत् पु¥याउने लक्ष्य रहेको बताए । अव्यवस्थित काठका पोल हटाउने र विद्युतीकरणबारे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले प्रश्न गरे । जवाफमा मन्त्री पुनले अर्को वर्षबाटै काठमाडौँमा भूमिगत तहबाट विद्युत् वितरण हुने बताए । उनले भने “सन् २०२१ देखि भूमिगत तहबाट विद्युत् वितरण हुने छ ।

त्यसपछि उपत्यकाका अन्य जिल्लामा दोस्रो चरणमा काम हुने छ । देशका मुख्य सहरमा पनि भूमिगत वितरणबारे अध्ययन भइरहेको छ । ८८ प्रतिशत नागरिक विद्युत्को पहुँचमा अहिले छन् । आगामी दुई वर्षमा सबै नागरिकको पहुँच पु¥याउने लक्ष्य छ । केन्द्रीय प्रसारण लाइन नपुगेको क्षेत्रमा पनि सोलार मिनी ग्रिड स्थापना गरेरै भए पनि विद्युत् पु¥याउने सरकारको कार्यक्रम छ । ” उनले हाल करिब चार लाख काठका पोल रहेको बताए । त्यसमा सामुदायिक विद्युतीकरणका तथ्याङ्क सामेल रहेको उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस