जनजातिको भाषा संस्कृति संरक्षणमा सरकार लागेको छ : मुख्यमन्त्री गुरुङ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन २४, शनिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फाल्गुण २४, लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा रहेका आदिवासीको भाषा, धर्म र संस्कार संस्कृतिको संरक्षणमा गण्डकी प्रदेश सरकार लागेको बताएका छन् ।

बेँसीशहरमा सुरु भएको दोस्रो आदिवासी जनजाति सांस्कृतिक एवं पर्यटन महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले आदिवासीको भाषा संस्कृतिको संरक्षणका लागि विभिन्न सहयोग गरिरहेको र आगामी दिनमा पनि सरकारले निरन्तरता दिनेछ भने ।

प्रदेशमा रहेका आदिवासीको संस्कृति नेपालकै संस्कृतिका रुपमा विकास सरकारले गरेको मुख्यमन्त्री गुरुङको भनाइ छ । संसारमै नभएको आदिवासीको विभिन्न सांस्कृतिक सम्पदाहरु गण्डकी प्रदेशमा मात्र रहेकाले त्यसलाई देखाएर पर्यटक लोभ्याउन सकिने उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस