दुई राप्रपाबीचको एकता फेरि भाँडियो, लोहनी बने ‘खलनायक’ !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन २४, शनिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फाल्गुण २४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त बीचको एकता फेरि भाँडिएको छ । शनिबार दुई पार्टीबीच एकतापत्रमा समझदारी हुने तय गरिएपनि विधानको विषयमा कुरो नमिल्दा फेरि एकता भाँडिन पुगेको हो ।

शनिबार राप्रपा संयुक्तको कार्यसम्पादन समितिको बैठकमा सो पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले नयाँ विधान भएमात्रै एकता हुने अडान लिएपछि एकता भाँडिन पुगेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार शुक्रबार राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा लोहनीबीच पार्टी एकता गर्ने विषयमा सहमाति जुटेको थियो । त्यसबारे राप्रपा संयुक्तले पार्टी कार्यसम्पादन समितिको बैठकबाट अनुमोदन गराएर एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्ने भनिएको थियो ।

आजको कार्यसमिति बैठकमा लोहनीले नयाँ विधानको कुरा निकालेको र सोही अनुसार एकता गर्ने निर्णय राप्रपा संयुक्तको तर्फबाट भएपछि भाँडिन पुगेको हो ।
पार्टी निर्णयपछि संयुक्तको तर्फबाट राणाले एकताको लागि नयाँ विधान हुनुपर्ने कुरा कमल थापालाई भनेका थिए । तर थापाले हिन्दु राष्ट्र र राजतन्त्रसहितको हालको विधान हुनुपर्ने अडान लिएका थिए ।

राप्रपा निकट स्रोतले भन्यो–नयाँ विधानको कुरा गर्नु राष्ट्रसंस्था र हिन्दुराष्ट्र मान्दिनँ भन्नु हो । नयाँ विधानको बखेडा झिकेर एकता भाँड्ने काम भएको छ । यसबाट हजारौं कार्यकर्ताको भावनामाथि कुठाराघात भएको छ ।’ दुई राप्रपाबीच एकता गर्नेबारे पटक पटक प्रयास हुँदै आएपनि त्यो प्रयास असफल हुँदै आएको छ । रातोपाटीबाट

ताजा अपडेट

खोजी गर्नुहोस