प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको चौथो दिन : ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २४, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण २४, काठमाडौँ । चार दिनअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा न्तोषजनकरुपमा सुधार भइरहेको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनकरुपमा सुधार भइरहेकाले उनलाई साधारण खाना दिन थालिएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले जानकारी दिए ।

प्रधानमन्त्रीलाई सामान्य हिँड्डुल गराउनाका साथै ‘फिजियोथेरापी’लाई पनि निरन्तरता दिइएको छ । प्रधानमन्त्रीको ‘भाइटल’ तथा प्रयोगशाला परीक्षणको परिणाम सामान्य रहेका उनले जानकारी दिए । प्रधानमन्त्रीका मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको पनि स्वास्थ्यावस्थामा राम्रो सुधार भइरहेको अस्पतालले जनाएको छ । उनको पनि स्वास्थ्यसम्बन्धी अत्यावश्यक स्थिति प्रयोगशाला परीक्षणका सूचक सामान्य छन् । दातृ सङ्ग्रौलाले पनि साधारण खाना खानाका साथै हिँड्डुल गर्न थालिसेको कार्यकारी निर्देशक खड्गाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस