फाल्गुण २५, काठमाण्डौ । गाँजा खेतीलाई वैधानिकता दिने सम्बन्धी विधेयक सबै प्रदेश सभामा दर्ता गर्ने तयारी सुरु भएको छ । संघीय संसदमा पूर्वकानुनमन्त्री समेत रहेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद शेरबहादुर तामाङले नेतृत्व गरेका छन् ।
उनले यही फागुन १९ गते प्रतिनिधि सभामा विधेयक दर्ता गरे । बागमती प्रदेशमा गाँजा खेती सम्बन्धी विधेयक दर्ता भइसकेको छ । बागमतीमा पूर्वमन्त्री केशव स्थापितले २० फागुनमा विधेयक दर्ता गरेका हुन् ।