डा. कोइराला भन्छन्-‘आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार एकजना कोइराला परिवारबाट उठ्छौं’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन २५, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण २५, काठमाण्डौ । आगामी महाधिवेशनमा कोइराला परिवारबाट एकजना सभापतिको उम्मेदवार उठ्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले बताएका छन् । डा।कोइरालाले अहिलेको नेतृत्वबाट पार्टी चल्न नसक्ने भन्दै आफूसहित सुजाता र डा सशांकमध्ये एकजना पार्टी सभापतिको रुपमा उम्मेदवारी दिने बताएका हुन् ।

आइतबार सिरहाको लहानमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी नेतृत्वको कारण कमजोर बनेको कांग्रेसलाई नयाँ उर्जासहित अघि बढाउन महाधिवेशनमार्फत् नयाँ नेतृत्व आवश्यक रहेको बताए ।

डा। कोइरालाले लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने भन्दै दुई वर्ष अगाडीको चुनावको हारको मानसिकताले पार्टी चल्न नसक्ने बताए । उनले कांग्रेस आफ्नै कारणले कमजोर बनेको बताएका छन् । उनले भागबण्डा मिलाउन विधान विपरीत नेपाल विद्यार्थी संघमा नौ नौ जना महामन्त्री राखिनु लाजमर्दो कुरा के हुन सक्छ भन्दै उनले प्रश्न गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस