फाल्गुण २६, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भरपर्दो राजनीतिक विकल्प तयार भएको बताएका छन् । भिडियो सन्देश जारी गर्दै राप्रपा संयुक्तसँगको एकताले भरपर्दो राजनीतिक विकल्प तयार भएको बताएका हुन् । विकृति र विसंगतिविरुद्ध लडेर एकीकृत नयाँ पार्टीले देशमा समृद्धि ल्याउने दावी गरे ।
राप्रपा र राप्रपा संयुक्त बीच एकताको सहमति भएको छ । एकताको सन्देशले उत्साहित बनाएको पनि उनले उल्लेख गरेका छन् । पशुपति शमशेर राणा नेतृत्वको राप्रपा संयुक्त र राप्रपाबीच शुक्रबार पार्टी एकता घोषणा गर्ने सहमति भएको छ ।