दुई राप्रपाबीचको एकता घोषणा आज, तीन अध्यक्ष रहने पाटी कस्तो होला ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २८, बुधबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फाल्गुण २८, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच आज एकता हुँदैछ । लामो समयको प्रयास, छलफल र वार्तापछि दुइपार्टीबीच एकता घोषणा हुन लागेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । राष्ट्रिय सभा गृहमा दिउँसो साढे १२ बजे हुने एक बिशेष कार्यक्रमका बीच एकता घोषणा हुने उनले बताए ।

गत शनिबार राति कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तबीच एकीकरण गर्ने सहमति भएसँगै औपचारिक घोषणा हुन लागेको हो । सहमति पत्रमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका डा।प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले हस्ताक्षर गरेका छन्‌ ।

एकीकृत पार्टीमा राप्रपा संयुक्तका अध्यक्षहरु राणा र लोहनी तथा राप्रपाका अध्यक्ष थापा अध्यक्ष रहने र एकीकृत पार्टीको महाधिवेशन डेढ वर्षभित्र गर्ने सहमति भएको छ । यसैगरी नयाँ दलको झण्डा अहिले राप्रपाको झण्डा प्रयोग गरिने, तर चुनाव चिह्न भने पछि तय गर्ने सहमति भएको छ ।

एकीकृत राप्रपाले राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्र शक्ति हस्तान्तरणको सिद्धान्तमा आधारित सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस