पुर्बमन्त्रीको घरमा बम विष्फोटमा संलग्न नेता देव गुरुङ पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २८, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फागन २८, काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर विष्फोट गराएको घटनामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरुङ छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले जडिबुटीबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।

गुरुङ मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको घरमा विष्फोट गराइएको प्रकरणमा पनि संलग्न रहेको प्रहरी दाबी छ । उनलाई टेकुमा ल्याएर थप अनुसन्धान गर्ने प्रहरी तयारी छ ।

बुधबार बिहान ७ः५० बजे लोकन्थलीस्थित बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर रिमोट कन्ट्रोल प्रेसर कुकर बम विष्फोट भएको थियो ।

विष्फोटक पदार्थ कति शक्तिशाली थियो भन्ने विषयमा नेपाली सेनाको पोष्ट ब्लास्ट इन्भेस्टिगेसन (पीबीआई) टोलीले अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस