अस्पतालको सन्देश : बालुवाटारको सेटअपपछि प्रधानमन्त्रीको डिस्चार्ज छिटो हुनसक्छ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २८, बुधबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुन २८, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कहिले डिस्चार्ज गर्ने भन्नेबारेमा शल्यक्रियामा सहभागी चिकित्सकहरुबीच छलफल भइरहेको बताइएको छ ।

बुधबार प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । त्यस्तै उनले प्रमको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै शल्यक्रियामा संलग्न चिकित्सको सुझावका आधारमा डिस्चार्ज गर्न सकिने बताए ।

कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीलाई थप उपचारका लागि विदेश लैजान लागिएको भन्ने समाचार सत्य नभएको बताए । उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था नियमित रुपमा अस्पतालले बुलेटिनमार्फत सार्वजनिक गरिरहेको भन्दै डिस्चार्जपछि निवासमा हुने भेटघाट, मिटिङ र मन्त्रिपरिषद् बैठक लगायतका सेटअप मिलाउने सन्दर्भमा काम भइरहेको जानकारी दिए ।

‘बालुवाटारको सेटअपको सिलसिलामा डिस्चार्ज पनि छिटो हुनसक्छ भन्ने चिकित्सकहरुको राय छ । तर अहिलेसम्म डिस्चार्जको केही टुङ्गो भैसकेको छैन’, सल्लाहकार थापाको भनाइ छ । उनले प्रधानन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर आएका फेक न्यूजका पछाडि नलाग्न आग्रह समेत गरेका छन् । प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको भने बुधबारै डिस्चार्ज भैसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस