फाल्गुण २९, काठमाण्डौ । नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभा बैठक स्थगित गर्न माग गरेका छन् । कोरोना भाइरसले विश्वब्यापी माहाहारीको रुप लिएकाले संसद बैठक स्थगित गर्न माग गरेका हुन् ।
कांग्रेस सांसद भिमसेनदास प्रधानले कोरोना भाइरस प्रकोपले माहामारीको रुप लिइसकेकाले संसद बैठक चलाउनुको औचित्य नभएको बताए । सांसद प्रधानले सांसदहरुलाई नै संक्रमणको त्रास भएको बताए । कांग्रेसका अर्का सांसद भरत शाहले पनि संसद स्थगित गर्न आग्रह गरे । उनले संसद मात्रै नभएर विद्यालय पनि बन्द गर्न माग गरे ।