कांग्रेसद्वारा आज पनि गण्डकी प्रदेशसभा बैठक अवरोध

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन ३०, शुक्रबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फाल्गुण ३०, काठमाण्डौ । सरकारले आफुसँग गरेका बाचा पूरा नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा शुक्रबार तेश्रो दिन पनि अवरोध गरेको छ । शुक्रबार बसेको बैठकमा कांग्रेसले अवरोध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

अर्को बैठक आगामी आइतबार बिहान ११ बजे बस्नेछ । प्रदेशसभा सचिवालयसम्बन्धी विधेयक र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा काँग्रेसको असहमति रहँदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस