प्रधानमन्त्रीलाई अहिले साँझ डिस्चार्ज गरिदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ३०, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुन ३०,काठमाडौँ । प्रधामन्त्री केपी शर्मा ओलीलाई आज (शुक्रबार) अस्पतालबाट डिज्चार्ज गरिने भएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि आज साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गर्न लागिएको हो ।

डिस्चार्जपछि प्रधानमन्त्रीलाई बालुवाटारमा विशेष हेरचाह सुविधाका साथ राखिनेछ । उनले बालुवाटारमा अन्य भेटघाट र काम गर्न सक्ने/नसक्ने बताइएको छैन । बिहिबारमात्रै उनको पिसाबमा संक्रमणको आशंका गरिएको थियो । त्यसलगतै पिसाव जाँचपछि उनको रिर्पोट सकारात्मक आएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको आज दशौँ दिन पूर्ण स्वास्थ्य लाभ भएपछि डिस्चार्ज गर्न लागिएको जानकारी दिए । प्रधानमन्त्री ओलीलाई गत फागुन १९ गते भर्ना गरी २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस