चैत्र १, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । अस्वस्थ भएका कारण प्रधानमन्त्री ओलीले देशप्रतिको कर्तव्य निभाउन नसकेको भन्दै जबराले प्रधानमन्त्रीलाई राजीनामा दिएर आराम गर्न आग्रह गरे ।
शनिबार काठमाण्डौमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने ‘प्रधानमन्त्री स्वस्थ हुँदा पनि देशको लागि केही गर्नुभएन । उहाँले अब राजीनामा दिँदा नै उचित हुन्छ ।’अध्यक्ष जबराले वर्तमान सरकारले जनतालाई कुनै पनि किसिमको सेवा प्रदान गर्न नसकेको आरोप समेत लगाएका छन् ।