चैत्र २, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित चेकजाँचका लागि आइतवार दिउँसो त्रिवि शिक्षण अस्पताल जाने भएका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केही बेरपछि अस्पताल जान लागेको बताए । पेटमा राखिएको ‘स्टेन्ट’ निकाल्नका लागि प्रधानमन्त्री ओली अस्पताल जान लागेको थापाले बताए ।