चैत्र ३, काठमाण्डौ । नेपाली कांग्रेसमा छुट्टै गुट चलाइरहेका सिटौलाले आसन्न महाधिवेशनको रणनीति बनाउन छुट्टै भेला डाकेका छन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको छुट्टै भेला काठमाडौंमा शुरू भएको छ । पार्टीभित्र एउटा गुटको नेतृत्व गरिरहेका सिटौलाले कांग्रेसको आसन्न १४औं महाधिवेशनको रणनीति बनाउन भेलाको आयोजना गरेको बताइएको छ । काठमाडौंको बत्तीसपुतलीमा केही बेरअघिबाट भेला शुरू भएको हो ।
भेलामा नेता कृष्णप्रसाद सिटौला, गगन थापा, प्रदीप पौडेल, प्रतिनिधिसभा सदस्य भिमसेन दास प्रधान, पुर्व रास्ट्रीय सभा सदस्य धना खतिवडा, शिव हुमागाई, पुर्व सांसद मुक्ता यादव, उमाकान्त चौधरीलगायत करीब २०० कार्यकर्ता सहभागी छन् ।