चैत्र ३, काठमाण्डौ । नेपाली कांग्रेसमा भिन्न गुट चलाइरहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले डाकेको भेलामा पुगेका केन्द्रीय सदस्य गगन थापाले अझै शक्ति बढाएर परिवर्तनको पक्षमा उभिने बताएका छन् । पार्टीभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच विवाद हुँदा विधि, विधानको पक्षमा उभिएर सिटौलाले मध्यमार्घी भूमिका खेलेकोमा थापाले प्रशंसा पनि गरे ।
थापाले आफ्नो पुस्ताको काँधमा कांग्रेसको भविष्य राम्रो हुन्छ भन्ने जिम्मेवारीसमेत रहेको पनि बताए । उनले परिवर्तनको पक्षमा पार्टी विधान पालना गरेर अगाडि बढ्ने पनि बताए । एकपछि अर्को निर्णयका कारण पार्टीभित्र अनेक विवाद सिर्जना भइरहेको थापाले बताए । क्रयाशील सदस्यता बाँड्न थालिसकेको अवस्थामा विधानविपरीत विभाग संयोजक सभापतिले तोकेको उनको भनाइ छ ।