चैत्र ९, काठमाण्डौ । सत्तारूढ नेकपाका एक जना सांसदले जिल्ला अस्पतालमा आइसोलेन वार्ड स्थापना गर्न तीन महिनाको तलब बुझाउने घोषणा गरेका छन् । नेकपा पर्वतका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य पदम गिरीले आइसोलेसन वार्ड स्थापनाका लागि ३ महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।
उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड स्थापना तथा अत्यावश्यक उपकरण तथा सामग्री खरिद गर्न सघाउने उद्देश्यले तीन महिनाको तलब प्रदान गर्ने जनाएका छन् ।