वैशाख २१, काठमाण्डौ । प्रदेश पाँच सरकारको आर्थिक वर्ष २०७७र७८ को बजेट नीतिमा कृषि क्षेत्रको पुनरुत्थान र वैदेशिक रोजगारबाट फर्कने व्यक्तिहरुका लागि रोजगार सिर्जना प्राथमिकतामा परेका छन् । बुटवल प्रदेश पाँच सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ का लागि करिब ३८ अर्व रुपैयाँबराबरको बजेट ल्याउने भएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको जानकारीअनुसार यो बजेट अर्थतन्त्र र कृषि क्षेत्रको पुनरुत्थान गर्न तथा वैदेशिक रोजगारबाट फर्कने व्यक्तिहरुका लागि रोजगारी सिर्जनामा केन्द्रित हुनेछ ।
मन्त्रालयका योजना तथा बजेट महाशाखा प्रमुख जनार्दन पौडेलले करिब ३८ अर्व रुपैयाँ बराबरको बजेट ल्याउने तयारी भइरहेको बताए ।
प्रदेशका १२ वटा जिल्लाबाट ६२ हजार तीन सय १० जनाले वैदेशिक रोजगारीका लागि संस्थागत र व्यक्तिगतरुपमा श्रम स्वीकृति लिएका छन्। यसबाहेक प्रदेश सरकारसँग यकीन तथ्याङ्क नभएपनि सोही अवधिमा अन्य हजारौंको संख्यामा उच्च शिक्षाका लागि विदेशिएका छन् । चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको कुल ३६ अर्व ४१ करोड रुपैयाँको बजेटमध्ये भौतिक पूर्वाधारमा दुई तिहाईभन्दा धेरै बजेट छुट्याइएको थियो। आगामी आर्थिक वर्षमा भने भौतिक पूर्वाधारमा धेरै बजेट कटौती भई कृषि, स्वास्थ्य र रोजगारी सिर्जनामा लगानी बढाउने तयारीमा प्रदेश सरकारल लागेको छ ।