अध्यक्षद्धय ओली-दाहालको भेटवार्ता निष्कर्षविहिन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण १८, आईतबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन १८, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको वार्ता केहीबेर अघि सकिएको छ । आजको वार्ता पनि औपचारिकतामा मात्र सिमित रहेको र कुनै निष्कर्ष र सहमति हुन भने नसकेको बताइएको छ । बिहान ९ः५५ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षद्वयबीच शुरु भएको वर्ता साढे १ बजे सकिएको थियो ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल लगायतका नेता पनि सहभागी भएका थिए । पार्टीमा रहेको आन्तरिक विवाद मिलाउने कसरतमा रहेका शीर्ष नेताहरु आआफ्नो तरिकाले प्रयास गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस