नेकपाको दुई अध्यक्षबीच सोमबारको वार्ता पनि निष्कर्ष बिहिन !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण १९, सोमबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्षद्वयबीच सोमबार बिहान पनि वार्ता भएको छ । बिहान ९ः१५ देखि ११ बजेसम्म दुई अध्यक्षबीच बालुवाटारमा वार्ता भएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए । आइतबार बिहान भएको वार्ता सकारात्मक बनेपछि आज त्यसकै निरन्तरता रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयको भनाइ छ ।

आजको वार्तामा पनि साक्षीका रुपमा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङको सहभािगता थियो । गत असार १० गतेदेखि शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा केही नेताहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको राजीनामा माग गर्नुभएपछि बैठक अवरुद्ध हुँदैआएको छ । असार १८ गतेसम्म करिब नियमित चलेको स्थायी कमिटी बैठक सोपछि निरन्तर स्थगित हुँदैआएको छ ।

पछिल्लो पटक साउन १३ गते बालुवाटारमा प्रचण्ड पक्षका नेताहरूको एकपक्षीय स्थायी कमिटीको भेला भएपछि दुई अध्यक्षबीचको तिक्तता झन् बढेको अनुमान गरिएको थियो । नेकपाका दुई अध्यक्षहरूको आइतबार बिहान करिब तीन घण्टा भएको वार्ताले वातावरण सकारात्मक बनाएको भनिए पनि सहमति केही नभएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटाले बताए ।

सोमबार करिब दुई घण्टा भएको दुई अध्यक्षको वार्ता पनि सकारात्मक ढङ्गले चले पनि ठोस सहमति भइनसकेको सल्लाहकार सापकोटाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस