प्रचण्डलाई बामदेवको जवाफ– ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ ‘

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण २१, बुधबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन २१,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने बताएका छन् ।

मंगलबार विहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नै निवासमा भएको भेटमा उनले आफू कुनै सानो ठूलो गुटमा नलाग्ने बताएका उनका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिएका छन् ।

‘क। प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी सोध्नुभयो । उपाध्यक्ष क. वामदेव गौतमले ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष क। प्रचण्डलाई बिदा गर्नुभयो’ सुवेदीले गौतमको तर्फबाट स्पष्टिकरण दिँदै फेसबुकमा लेखेका छन् ।

गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको बताएका सुवेदीले उल्लेख गरेका छन् ।

साउन १३ गते गौतमले ‘पार्टी विग्रह तत्ल रोक्न’ भन्दै ६ बुँदे प्रस्ताव राखेका थिए । त्यसअघि नेकपामा प्रचण्‍ड( माधव नेपाल समूहमा रहेका भनिएका गौतम उक्त प्रस्तावसँगै प्रधानमन्त्री केपी शर्मा ओली समूहमा पुगेको चर्चा भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस