नेकपा फुटको संघारमा: प्रचण्ड भन्छन्–’नेकपा फुटेको औपचारिक घोषणा हुन मात्रै बाँकी छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण २१, बुधबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन २१,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुट्ने खतरा बढेको बताएका छन् । आफू निकट पत्रकारसँग बुधबार भएको भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग बदला लिन खोजेको भन्दै नेकपा फुटको संघारमा पुगेको जानकारी दिए ।

आफू निकट झण्डै ४५ जना पत्रकारसँगको भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले गठबन्धन र पार्टी एकता भएको केही समयसम्म राम्रो व्यवहार गरे पनि पछि बदला लिन खोजेको आरोप लगाएका छन् ।

उनले भने, ‘मैले सञ्चालन गरेका सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी एकताबद्ध र सामूहिक निर्णयसहित अघि बढेकाले उनमा बदलाको भाव उत्पन्न भयो । बदलाको भाव केन्द्रीय कमिटीको बैठकपछि अझ बढी भयो ।’

ताजा अपडेट

खोजी गर्नुहोस