‘आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार सक्रिय’ : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण २५, आईतबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन २५, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताएका छन् । २६औं विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले दशकौँ लामो राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिलाई संवैधानिकरूपमा सुरक्षित गरी राजनीतिक संक्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अगाडि बढेको बताएका हुन् ।

नेपालको संविधान र प्रचलित कानूनअनुसार आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी उनीहरूलाई राष्ट्रिय जीवनको विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । सरकारको यस उद्देश्यलाई सफल पार्न आआफ्नो ठाउँबाट सक्रिय रहन सन्देशमार्फत उनको आग्रह छ ।

प्रधानमन्त्री ओलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाले सिर्जना गरेको परिस्थितिलाई मध्यनजर गर्दै यसपटक यस पर्वलाई रचनात्मक एवं सुरक्षित तवरले मनाउनुपर्ने बाध्यता रहेको बताए । प्रधानमन्त्री ओलीले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने सङ्कल्पसाथ समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा सरकारले तय गरेका उल्लेख गर्दै यस्तो बेला विश्वव्यापीरूपमा फैलिएको कोभिड १९ को महामारीले नेपाललगायत विश्वमै स्वास्थ्य, सामाजिक र आर्थिक जीवनमा चुनौती खडा भएको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस