नेकपाका ६१ सांसदले दिए पार्टी एकताको पक्षमा दबाब

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ श्रावण २६, सोमबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन २६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका ६१ जना सांसदले पार्टी एकताको पक्षमा हस्ताक्षर गरी नेतृत्वलाई नैतिक दबाब दिने प्रयास गरेका छन् । दुई अध्यक्षबीचको तिक्तता र मतभेदका कारण पार्टी नै फुटको अवस्थामा पुगेको भन्दै सङ्घीय संसदका सांसदहरूले आइतबार हस्ताक्षर अभियान चलाएका हुन् ।

दाङबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिसभाका सांसद मेटमणि चौधरीले नेतृत्वलाई पार्टी एकताको पक्षमा दबाब दिन सांसदहरूले हस्ताक्षर अभियान सञ्चालन गरिरहेको बताए । पार्टी फुटको पक्षमा कोही सांसद नरहेको बताउँदै उनले अभियानलाई जारी राखिने जानकारी दिए ।

हस्ताक्षर गर्ने सांसदमा अमनलाल मोदी थारु, आशाकुमारी विक, इन्दुकुमारी शर्मा, कलिला खातुन, कल्याणीकुमारी खड्का, कृष्णप्रसाद दाहाल, कृष्णभक्त पोखरेल, केदार सिग्देल, गङ्गाबहादुर तामाङ, गणेशकुमार पहाडी, गोमा देवकोटा, गौरीशङ्कर चौधरी, मेटमणि चौधरी, नारदमुनी राना, विजय सुब्बा, रामकुमारी झाँक्री, झपटबहादुर रावल, जीवनराम श्रेष्ठ, तीर्था गौतम, थममाया थापा, दामोदर भण्डारी, दीपकप्रकाश भट्टलगायत छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस