अन्तर्राष्ट्रिय सीमानाका भदौ ३१ सम्म बन्द

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण २८, बुधबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन २८, काठमाण्डौ । सरकारले कोभिड–१९ सङ्क्रमण फैलिँदै गएको भन्दै आगामी भदौ ३१ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमन रोक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज खतिवडाले यसअघि साउन ३२ गतेसम्मका लागि अन्तर्राष्ट्रिय नाकाबाट हुने आवागमन रोकेकोमा सरकारले कोभिड–१९ सङ्क्रमण बढ्न थालेपछि भदौ ३१ गतेसम्मका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।

“विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित रहनका लागि छिमेकी मित्र राष्ट्रलगायत अन्य मित्र राष्ट्रले चालेका प्रयास र अनुभव समेतलाई ध्यानमा राखी सङ्क्रमणबाट सुरक्षित राख्न नेपालको अन्तर्राष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सिमानाका जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन गत साउन ३२ गते आइतबार मध्यरातसम्मका लागि स्थगित गरिएकोमा हाललाई भदौ ३१ गते बुधबार मध्यरातसम्मका लागि नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने गरी निरन्तरता दिएका छौँ”, उनले पत्रकार सम्मेलनमा भने ।

मन्त्रिपरिषद्को गत जेठ १२ गतेको निर्णयबमोजिम जारी भएको ‘कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७’ बमोजिम स्थलमार्गबाट नेपाल प्रवेश गर्न तोकिएका प्रवेश बिन्दुबाट नेपाल प्रवेश गर्न दिने व्यवस्था र मालसामानको ढुवानी व्यवस्थालाई भने यथावत कायम राख्ने निर्णय गरेको मन्त्री डा खतिवडाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस