ओली-प्रचण्डबीच भेटवार्ता सुरु: सहमतिको प्रस्ताव तयार पार्न कार्यदल बनाउने तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण ३०, शुक्रबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन ३०,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेट्न अर्का अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । नेताहरुका अनुसार पार्टीमा सहमति खोज्न कार्यदल गठन गर्ने सम्भावना छ ।

प्रचण्डले त्यसका लागि आफ्नो समूहबाट सहमति लिइसकेका छन् । सबै विषयमा खुला छलफल गरेर सहमतिको प्रस्ताव तयार पार्न कार्यदल बनाउने तयारी छ ।

प्रधानमन्त्री ओलीले भने उपाध्यक्ष वामदेव गौतमको ६ बुँदे प्रस्तावकै वरिपरि सहमति खोज्ने प्रस्ताव राखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस